Logo

खप्तड गोल्डकप: उपाधि भिडन्तमा सुदूरपश्चिम–११ र थ्रीस्टार भिड्दै



Spread the love

धनगढी  । नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करणको फाइनल खेल आज हुँदैछ । धनगढी रंगशालामा हुने फाइनल खेलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले थ्रीस्टार क्लबको सामना गर्दैछ ।

थ्रीस्टार लगातार दोस्रो पटक फाइनल पुगेको हो भने आयोजक सुदूरपश्चिम–११ पहिलो पटक फाइनल पुग्न सफल भएको हो । चौथो संस्करणसम्म आइपुग्दा दुवै टिमले उपाधि हात पार्न सकेका छैनन् । दुबै टोली पहिलो उपाधि उचाल्ने रणनीतिका साथ मैदान उत्रने छन् ।

प्रतिक्रिया दिनुहोस्