Logo

कतै तपाईको बालबच्चा डिप्रेसनमा त छैन ?



Spread the love

बच्चा जब डिप्रेसनमा हुन्छन तब उनीहरु एकोहोरो हुने, जिद्दी गर्ने, कहिले खानामा मन नै नगर्ने, कहिले रिसाउने, र्झकने गर्छन् । बच्चाहरु सानो कुरामा खुसी हुन्छन् । सानो कुरामा दुखी हुन्छन् । सुख, दुख सबैकुरा उनीहरु खुलेर व्यक्त गर्छन् । तर, जब बच्चालाई डिप्रेसनले सताउन थाल्छ तब उनीहरुमा यस प्रकारको लक्षण देखा पर्न थाल्छ:
– पढाई वा खेल्नमा खासै रुची नदेखाउने ।
– अनावश्यक खुसी हुने वा दुखी हुने ।
– अक्सर रिसाइरहनु ।
– परिवारका सदस्यसँग आवेशपूर्ण व्यवहार गर्ने ।
– अरुसँग घुलमिल नहुनु ।
– एकान्तमा बस्न रुचाउनु ।
यसबाट कसरी छुटकारा पाउने ?
बच्चालाई डिप्रेसन भएमा के गर्ने ? यसका लागि अभिभावक, घर परिवारले विशेष पहल गर्नुपर्छ । यसका लागि बच्चाको रुची र चाहना अनुसार काम गर्नुपर्छ, जसले उसलाई खुसी बनाउन मदत गरोस् । पढाईको वोझ दिने, जवरजस्ती पढ्न लगाउने जस्ता गतिविधिले थप जटिलता पैदा गर्छ । यदी विद्यालय वा होमवर्कको कारण उनीहरु चिन्तित छन् भने त्यसको समाधान खोज्नुपर्छ । बच्चालाई सकेसम्म प्रकृतिको नजिक लानुपर्छ । खेल्न र रमाउन दिनुपर्छ । सकारात्मक कुराहरु सिकाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्