Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

२० फागुन,काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार प्रतितोला ७८ हजारमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ३ सय रुपैयाँले बढेर ७८ हजार ३ सयमा कारोबार भैरहेको छ । यस्तै, मंगलबार तेजाबी सुन प्रतितोला ७८ हजारमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्