Logo

‘प्रेम गीत ३’को टिजर सार्वजनिक,यस्तो अवतारमा प्रदिप र शिव



Spread the love

युवा पुस्ताले निकै नै रुचाएका नायक तथा नायिका प्रदिप खड्का र क्रिष्टिना गुरुङ्गको अभिनित चलचित्र ‘प्रेम गीत ३’ को पहिलो ‘हात्ती ढुंगामा’ र दोश्रो गीत ‘हर युग होस् प्रेमको गीतको’ लाई दर्शकले निकै रुचाएका छन् । उक्त गीत र पोस्टरलाई रुचाएका कारण निर्मण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको छ ।

१ मिनेट ४५ सेकेन्डको टिजरमा प्रेम, बिछोड र एक्सन देख्न सकिन्छ । चलचित्रको मुख्य भूमिकामा प्रदीप र क्रिस्टिनासँगै नायक शिव श्रेष्ठ, पुस्कर कार्की, सुनिल थापा, सन्तोष सेन लगायतका कलाकार रहेका छन् ।

चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेको फिल्मको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् भने बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा हिमाल केसीको एक्सन कोरियोग्राफी छ । छेतेन गुरुङ्ग र सन्तोष शेनले निर्देशन गरको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका छन्।

तीन करोडभन्दा बढीको लागतमा निर्माण भएको चलचित्रले डेढ सय वर्ष अगाडिको प्रेमकथामा बन्दै छ। उक्त चलचित्र चैत्र २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

हेर्नुहोस् टिजर:

https://youtu.be/LhLZX1xZd-A



प्रतिक्रिया दिनुहोस्