Logo

“कोड फर चेन्ज” द्वारा “सामाजिक सञ्जाल सचेतना” अभियान उत्साहपूर्ण ढङ्गले सम्पन्न



Spread the love

२०७६ माघ २९ गते देखि सुरु भएको “कोड फर चेन्ज” द्वारा सञ्चालित “सामाजिक सञ्जाल सचेतना अभियान” यही फाल्गुण ९ गते सफलता पूर्ण ढङ्गले सकिएको छ ।

सामाजिक परिवर्तनमा सक्रिय रहेको एक सामाजिक संस्था “ यूथ इन सोसल चेन्ज” को एउटा परियोजनाको रूपमा रहेको ‘“कोड फर चेन्ज” ले समाजमा सामाजिक सञ्जाल को कारण ले घटिरहेका घटना हरुको अध्ययन पश्चात् सचेतना अभियान चलाउने निर्णय लिएको थियो तर संस्था सँग पर्याप्त बजेट नभएकोले संस्थाले सहयोगका लागि विभिन्न ठाउँमा अपिल गरेको थियो सो क्रममा अभियान गर्न “ग्रेस इन्टरनेशनल” ले आर्थिक सहयोग गरेर थप हौसला प्रदान गरेको थियो र सो अभियान माघ २९ देखि फाल्गुन ९ सम्म सञ्चालन भएको हो ।

उक्त अभियान काठमाडौँ, पोखरा, चितवन, बुटवल र दाङ  गरी ५ वटा सहरहरूमा ४० वटा +२ कलेजहरूमा सञ्चालन भएको थियो भने उक्त कार्यक्रम बाट १२००० भन्दा बढी विद्यार्थी हरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् र प्रभावित विद्यार्थीहरूले अभियानको लागि विशेष धन्यवाद समेत व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल को कारण ले विभिन्न किसिमका घटनाहरू घट्न थाले पछि उक्त अभियान चलाउने निर्णयमा पुगेको उक्त संस्थाले विभिन्न किसिमका समस्याहरू बाबजुद आफ्नो अभियान सफल बनाएको छ ।

अभियान मा आफ्ना सदस्यहरूलाई समेत सिक्ने मौका दिँदै तालिम कर्ता र स्वयंसेवक गरी ८० जना लाई प्रत्यक्ष रूपमा उक्त संस्था ले समावेश गरेको थियो, अभियान को क्रममा विभिन्न किसिमका समस्याहरू आइपर्दा त्यसको समाधान गर्न सक्ने क्षमता समेत आफ्ना मेम्बर हरुमा विकसित भएको अभियान मा सहभागी मेम्बर स्वयं तथा परियोजना प्रमुख निराजन क्षेत्री ले बताउनुभयो ।

अभियानको क्रममा अभियन्ताहरूले विभिन्न प्रश्नहरू सहित को एउटा सर्वेक्षण समेत गरेका थिए भने सर्वेक्षणमा भाग लिएका विद्यार्थीहरू मध्ये एक दिनमा तपाईँ कति समय सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ त? भन्ने प्रश्नमा ३१.५ प्रतिशतले १ देखि २ घण्टा प्रयोग गर्ने पाइएको छ भने १ घण्टा भन्दा थोरै प्रयोग गर्ने २९.१ प्रतिशत त्यसै गरी ३४.८% २ घण्टा भन्दा बढी र ४.६% ले सामाजिक सञ्जाल नै प्रयोग नगर्ने पाइएको छ ।

त्यस्तै, तपाईँ सामाजिक सञ्जाल प्रयोग गर्दा कत्तिको सुरक्षित महसुस गर्नुहुन्छ त? भन्ने प्रश्न गर्दा थाहा छैन मा ४४.३%, असुरक्षितमा १७.८%, धेरै असुरक्षितमा ५.४%, सुरक्षितमा २५% र धेरै सुरक्षित भन्नेमा ७.५% विद्यार्थीहरू पाइएको छ ।

समाजमा सामाजिक सञ्जाल को भूमिका बढ्दो रहेको सत्य ठहर्‍याएर सही उपयोग गर्न सिकाउन अभियान चलाएको हुँदा आफ्नो अभियान कत्तिको सफल रहयो त भनेर एउटा सर्वेक्षणको प्रश्न मध्ये आफूले दिएको उक्त सभा कत्तिको उपयोगी भयो त? भन्ने प्रश्न समेत राखिएको थियो भने उक्त प्रश्नमा धेरै उपयोगी भन्ने ३५.५% पाइएको छ त्यसै गरी उपयोगी भन्ने २६.६% पाइएको छ ।

युवा तथा विद्यार्थीहरू बाट सामाजिक सञ्जालको दुरुपयोग भई विभिन्न किसिमका नकारात्मक घटनाहरू घटिरहेको रहेको वर्तमान परिपक्षमा “कोड फर चेन्ज” ले भने युवा तथा विद्यार्थीहरूलाई यस्तो सकारात्मक अभियान मा समावेश गराएर समाज परिवर्तनमा एउटा असल उदाहरण बन्नुका साथै अनुकरणीय काम गरेको शिक्षक, प्रहरी तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरू बताउँछन् ।

उक्त अभियान को अपार सफलता पछि फाल्गुन १७ गते शनिवारका दिन आफ्ना मेम्बर हरूलाई बोलाएर सक्रियताको लागि धन्यवाद दिँदै थप यस्ता काम मा सक्रिय हुन समेत निराजन क्षेत्री ले थप हौसला दिनुभयो भने अभियानमा विभिन्न किसिमका सहयोग गर्ने सहयोगी हातहरूलाई धन्यवाद र अभियान सम्भव बनाउने “ग्रेस  इन्टरनेशनल” लाई विशेष धन्यवाद दिँदै केक काटेर संस्थाले खुसीयाली  मनाएको संस्थाका सक्रिय सदस्य तेजेन्द्र विक्रम कार्की ले बताउनु भयो ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्