Logo

लियोनलाई पराजित गर्दै पीएसजी फ्रेन्च कपको फाइनलमा प्रवेश



Spread the love

एजेन्सी। केलियन एमबाप्पेको ह्याट्रिकसंगै पेरिस सेन्ट जर्मन (पीएसजी) ले सानदार जित निकाल्दै फ्रेन्च कपको फाइनलमा प्रवेश गर्न सफल भएको छ । बुधबार राति भएको खेलमा पीएसजीले लियोनलाई ५–१ ले हराउदै उपाधिनजिक पुगेको हो ।

पीएसजीलाई फराकिलो जित दिलाउने क्रममाएमबाप्पेले ह्याट्रिक पुरा गर्दा नेयमार र पाब्लो सारावियाले पनि समान १ गोल गरे । घरेलु टोलीका मार्टिन टेररले एक गोल गरे ।

अब पीएसजीले २६ अप्रिलमा उपाधिका लागि सेन्ट इटिने र रेनिसबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीच आज सेमिफाइनल खेल हुदैछ ।

प्रतिक्रिया दिनुहोस्