Logo

ब्राजिलियन लेजेन्ड रोनाल्डिन्हो पाराग्वेमा पक्राउ



Spread the love

एजेन्सी । चर्चित फुटबलर रोनाल्डिनो नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पक्राउ परेका छन्। ब्राजिलियन लेजेन्ड खेलाडी रोनाल्डिनो नक्कली पासपोर्ट प्रयोग गरेको अभियोगमा पाराग्वेबाट पक्राउ परेका हुन्।

रोनाल्डिन्होलाई बुधवार राति रिसोर्ट याट एण्ड गल्फ क्लब पाराग्वेबाट उनका भाइ रोबर्टोसँगै पक्राउ गरिएको पाराग्वेको आन्तरिक मन्त्रालयले जनाएको छ ।

रोनाल्डिन्हो एक क्यासिनो मालिकको निम्तोमा पाराग्वेमा आएका थिए । उनी त्यहाँ विभिन्न भेटघाटमा सहभागी हुने कार्यक्रम थियो ।

हाल रोनाल्डिन्होसँग ब्राजिलियन पासपोर्ट छैन । उनलाई ब्राजिली अदालतले सन् २०१८ मा वातावरणीय जरिवाना गरेको थियो । उक्त जरिवाना रकम भुक्तानी गर्न नसकेपछि उनलाई त्यहाँको सर्वोच्च अदालतले देश छोड्न नपाउने आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्