Logo

कोरोनाभाइरसका कारण अनिश्चित कालको लागि ईपीएल स्थगित



Spread the love

२२ फागुन, काठमाडौं । कोरोनाभाइरसका कारण आगामी चैत १ देखि १५ गते सम्म काठमाडौंमा हुने भनिएको एभरेस्ट प्रिमियर लिग (ईपीएल ) टी–२० क्रिकेट प्रतियोगिता स्थगित भएको छ। इपिएलका कार्यकारी निर्देशक आमिर अख्तरले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लिग अनिश्चितकालका स्थगित गरिएको जानकारी दिएका छन् । उनले अर्को घोषणा नभएसम्मका लागि लिग स्थगित गरिएको जानकारी दिए।

उनले विदेशी खेलाडी र नेपाली राष्ट्रिय टिमको खेल तालिका मिलाएर अर्को मिति घोषणा गर्ने बताए। विश्वभर फैलिरहेको कोरोनाभाइरसका कारण खेलकुदका प्रतियोगितालाई असर गरिरहेको छ।कतै खेलकुद प्रतियोगिता स्थगित भएका छन् भने कतै विनादर्शक खेल खेलाइएको छ।

प्रतिक्रिया दिनुहोस्