Logo

वर्षाको कारण नेपाल भर्सेस सिंगापुरको खेल प्रभावित



Spread the love

काठमाडौँ। एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा अन्तर्गत आज हुने भनिएको नेपाल र सिंगापुरबीचको खेल वर्षाको कारण प्रभावित भएको छ । नेपाली समय अनुसार ८ः १५ बाट सुरु हुनु पर्ने भनिएको खेल मैदान भिजेका कारण अझैसम्म टस हुन सकेको छैन ।

अम्पायरले साढे १० बजे मैदान निरीक्षण गर्दा पनि तयार भएन । फेरि अर्को निरीक्षण स्थानीय समय अनुसार सवा ११ बजे राखिएको छ । त्यसबेलासम्म पनि तयार नभएमा खेल नै रद्द हुने सम्भावना छ । प्रतियोगितामा सिंगापुरले लगातार तीन खेल जितेर शीर्ष दुईमा स्थान पक्का गर्दै एसिया कप क्वालिफायरमा समेत स्थान सुरक्षित गरिसकेको छ ।

प्रतियोगिताबाट बाहिरिएको नेपाल सुखद अन्य गर्ने सोचमा रहेको छ । आजै मलेसिया र हङकङबीच हुने खेलको विजेता पनि एसिया कप क्वालिफायरमा छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्