Logo

प्रिमियर लिगमा ‘ह्याण्डशेक’ प्रतिबन्ध



Spread the love

एजेन्सी । कोरोनाभाइरसकाे सङ्क्रमणलाई मध्यनजर गर्दै इङ्लिस प्रिमियर लिगले खेल अगाडी खेलाडी र खेलका अफिसियलबीच हात मिलाउने परम्परालाई अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

विज्ञप्ति निकाल्दै प्रिमियर लिगले भनेको छ, ‘स्वास्थ्यसम्बन्धी सल्लाहअनुसार प्रिमियर लिगको खेलअघि खेलाडी र म्याच अफिसियलबीच हुने फेयर प्ले ह्याण्डशेक अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ ।’

‘बोल्दा, हाच्छँयु गर्दा वा खोक्दा मुखबाट निस्कने थुक र र्‍यालको छिटा हातसम्म पुग्ने र ह्याण्डशेक गर्दा सङ्क्रमण सर्ने जाेखिम हुन्छ’, विज्ञप्तिमा भनिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्