Logo

एसीसी इस्टर्न रिजन: नेपाल भर्सेस सिंगापुरको खेल रद्द



Spread the love

काठमाडौं । जारी एसीसी इस्टर्न रिजन टी–२० कप अन्तर्गत नेपाल र सिंगापुरबीचको खेल रद्द भएको छ । बिहिबार रातभर परेको पानीले मैदान हिलो भएको कारण शुक्रबार बिहानको खेल रद्द गरिएको हो ।

यसअघिनै प्रतियोगिताबाट बाहिरिएको नेपालका लागि सिंगापुरसँगको खेल प्रतिष्ठाको लडाइँ थियो । प्रतियोगितामा सिंगापुरले लगातार तीन खेल जितेर शीर्ष दुईमा स्थान पक्का गर्दै एसिया कप क्वालिफायरमा समेत स्थान सुरक्षित गरिसकेको छ ।

आजै अन्तिम खेलमा हङकङ र मलेसिया भिड्दै छन् । यी दुई टोलीबीचको विजेता टोली दोस्रो बन्दै एसिया कपमा छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्