Logo

मर्मस्पर्शी कविता ‘वेश्या’ सार्वजनिक



Spread the love

जब उनको जन्म भयो बा को मुहार हसिलो देखिन्थ्यो,
गाउँको माहोल हलो खेतमा गोरु नाचेको बिहान महसुस हुन्थ्यो ।

सानी नानी स्कुल जाने भए छिन अलि चकचके स्वभावकी थिईन तर उनको मनमा पाप थिएन ।

रहर कस्को हुँदैन
ईच्छा कस्लाई लाग्दैन
सपना कस्ले बुन्दैन होला र ?
तर सानी नानी त्यो गरिबीमा बाचेकी थिईन

धेरै सुन्दर रात पछि,जिन्दगिले रंगिन सपनाको बाकस भित्र सपना कैद गरेर एक्लो महसुस बनाएपछि ।
समाजमा परिभाषित वेश्या शब्दको जन्म भयो ।

दुर।।। शहरमा आफ्ना महत्वकांक्षी सपना सजाएर पसेको ३ बर्ष पछि ।।। सानी नानी बिरलै हास्न सक्थिन
जब लगाउनलाई कपास
खानलाई दुई छाकको संघर्ष हुन्थ्यो
तब कम्जोर शरिर भित्र आफूलाई हराएको आत्मबोध गर्थिन ।


राति सँगै सुत्ने मान्छे दिनमा अन्जान भएपछि
यो ठुलो सहरको भिडमा घरपरिवार विहिन लागेपछि सानी नानी समय सँग सँगै हिडदै थिईन ।
तर,
संभोगमा अधिकतम माया हुन्छ भन्नेहरुका लागि झुठो अर्थ भएपछि
सानि नानी चोखो माया खोज्दै बरालिन्छिन ।

भोगिएका तिता कथा
चिसिएका नमिठा रात
त्रासपुर्ण डरलाग्दा याद जोडिएपछि
सानी नानि दिनहरुमा पनि टोलाउदै अँध्यारो मान्थिन ।

अनुहारमा देखिने हासो।।। बनावटी भएपछि
हरेक साँझ चुरोटका कस र क्षणिक शारिरिक सम्बन्धको मजा भएपछि
सानी नानी सराबको नसामा मनभित्रका हुटहुटि सँगै हरेक साझ हराउँथिन ।

मिचिएका मिठा आशा
नचाहेका नमिठा नसा र
जिन्दगी सित खाएका बाचा स्तब्ध भए छि
सानि नानी छोरी हुनुमा पनि असजिलो मान्थिन ।

चरम सुखमा लिप्त मानव सभ्यताको निच खेलौना र किनिएको वस्तु भएपछि
भौतारिदै हावाको बेग सरि सानी नानी सुत्ने ओछ्यान र मान्छे फेर्दै वास खोज्थिन ।

मन कस्को दुख्दै होला र ?
शरीर कस्को थाक्दैन होला र ?
पैसामा देह साट्न कस्लाई रहर हुन्छ होला र ?
तर जब
मन, शरीर र पैसाको मिश्रण बुझ्न सक्ने भएपछि आजभोलि समाजले ब्याख्या गरेको रण्डी शब्दले बदनाम भएकिछिन ।

रुखका सुकेका पात सरि आफ्नै घरपरिवारको बोझ भएपछि
अर्ध नग्न शरीर, निसासिएका सपना र मुल्य १००० को वस्तुगत सिकार भएपछि सानी नानी जिन्दगीको रङ्गमञ्चहरुमा जसो तसो लामो सास फेर्छिन ।

हजारौं नेपाली महिला भारतको कोठीमा चरीत्रको खेलमा मुछिएपछि
बाध्यतामा बिवश उराठ जीवन बाच्दै छन्
तर,
अफ्ठ्यारा गन्तब्यहरुको जिन्दगी, भारि बिसाउने चौतारी ।।। सानी नानी फरक देख्छिन् ।

बोलीचालीमा बोलिने भाषा नमिलेपछि
मान्छेले मान्छेलाई जस्तै गर्ने ब्यवहार नगरेपछि
परिस्थितिको दास जिन्दगी शरिरको मूल्य पैसामा बेचिएपछि ।

कैंयन महिला समाजको नजरमा वेश्या कहलिन्छन् ।

-नाथन रायन भण्डारी

https://www.youtube.com/watch?v=9NQNuWqjjzQ&feature=emb_title

प्रतिक्रिया दिनुहोस्