Logo

प्रिमियर लिग: आर्सनले कठिन जित निकाल्दा टोटेनहम बराबरीमा रोकियो



Spread the love

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनले कठिन जित निकाल्दा टोटेनहम हस्टपर बराबरीमा रोकिएको छ । आर्सनले वेस्टह्याममाथि १–० को साँघुरो जित हात पार्दा टोटेनहमले बर्नलीसँग १–१ गोलको बराबरी गर्दै अंक बाड्न बाध्य भयो ।

इमिरेट्स स्टेडियममा आर्सनललाई जित दिलाउने क्रममा एलेकसान्द्रे लाकाजेट्टीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै आर्सनल २८ खेलबाट ४० अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । वेस्टह्याम २७ अंकसहित १६औं स्थानमा छ ।

अर्काे खेलमा टोटेनहमले एक गोलले पछि परेको स्थिति उल्ट्याएर खेललाई बराबरीमा ल्याउन सफल भयो । १३औं मिनेटमा क्रिस वुडको गोलबाट बर्नलीले खेलमा अग्रता बनायो । ५०औं मिनेटमा डेल अलीले पेनाल्टीमा बराबरी गोल फर्काए । बराबरीपछि टोटेनहम ४१ अंक जोडेर आठौं स्थानमा रहँदा ३९ अंकका साथ बर्नली १०औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्