Logo

आफैँलाई गोली हान्दा एकजना सशस्त्र प्रहरी घाइते



Spread the love

२५ फागुन, सर्लाही । सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल  नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैँले बोकेको एसएलआरबाट  घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिनुभयो । 

 सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र  घटनामा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्