Logo

जर्मन बुन्डेस लिगामा डर्टमन्डको उपाधि यात्रा जीवितै



Spread the love

एजेन्सी। बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा उपाधि यात्रालाई कायमै राख्ने क्रममा बोरुसिया मोन्चेनग्लाडवाचलाई पराजित गरेको छ । डर्टमन्डले घरेलु टोली मोन्चेनग्लाडवाचलाई २–१ ले पराजित गरेको हो ।

खेलको आठौं मिनेटमा थोगर्न हजार्डको गोलमा डर्टमन्डले खेलमा अग्रता बनायो । ५०औं मिनेटमा घरेलु टोलीले खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७१औं मिनेटमा सान्चोको पासमा अचरफ हाकिमीले गोल गर्दै डर्टमन्डलाई खेलमा पुनः २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमन्ड २–१ ले विजयी हुन सफल भयो ।

जितसँगै डर्टमन्डको २५ खेलबाट ५० अंक पुगेको छ । एक खेल कम खेलेको शीर्ष स्थानको बायर्नको ५१ अंक छ । पराजित मोन्चेनग्लाडवाच ४६ अंक जोडेर पाँचौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्