Logo

प्रिमियर लिगमा लिभरपुलको दबदबा कायमै



Spread the love

एजेन्सी । इङ्लिश प्रिमियर लिगमा लिभरपुलले बोर्नमाउथलाई २-१ ले पराजित गर्दै लिगमा लगातार २२ औं खेलमा जित निकालेको छ । जितसँगै लिभरपुल ३० वर्षपछि लिग उपाधिको अझ नजिक पुगेको छ।

लिभरपुलको जितमा मोहमद सालाह र साडियो मानेले १–१ गोल गरे । बर्नमाउथका कलुम विल्सनले एक गोल गरे । एनफिल्ड मैदानमा खेलको नवौं मिनेटमै विल्सनले गोल गर्दै बर्नमाउथलाई पहिले अग्रता दिलाएका थिए । तर अग्रता लामो समय टिकेन । २५ औं मिनेटमा सालाहले लिभरपुलका लागि बराबरी गोल फर्काए । खेलको ३३ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए ।

जितपछि लिगको शीर्ष स्थानमा कब्जा जनाइरहेको लिभरपुलको २९ खेलबाट ८२ अंक भएको छ।

प्रतिक्रिया दिनुहोस्