Logo

महिला विश्वकप फाइनलः टस जितेर ब्याटिङ गर्दै अष्ट्रेलिया



Spread the love

एजेन्सी । अस्ट्रेलियामा जारी टी२० महिला विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारतबीच आज (आइतबार)खेल हुँदैछ । मेलबर्न क्रिकेट रंगशालामा अष्ट्रेलियाले टस जितेर ब्याटिङ थालेको छ।

यसअघि सेमीफाइनल खेल वर्षाका कारण रद्द भएपछि भारत खेल नै नखेली फाइनल प्रवेश गरेको थियो। भारतले समूह चरणका सबै खेल जित्दै फाइनलमा पुग्दा साविक विजेता अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्