Logo

इटालियन सिरी ए: युभेन्टस र इन्टर मिलानबीच भिडन्त



Spread the love

एजेन्सी । इटालियन सिरी ए का शीर्ष दुई टोली इन्टर मिलान र युभेन्टसबीचको खेल आज हुँदैछ । खेल एलिएन्ज स्टेडियमा नेपाली समय अनुसार राति १ः३० सुरु हुँदैछ ।

तर उक्त खेलमा दुवै तर्फका दर्शकले मैदानमा गएर खेल हेर्न नपाउने भएका छन् । सिरी ए ले इटालीमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि दर्शकलाई प्रवेश नदिई खेल संचालन गर्ने भएको हो । खेलको प्रि–म्याच कन्फ्रेन्स नभएपछि युभेन्टसका प्रशिक्षक माउरिजिओ सारीले मिलानसँगको खेल सबैभन्दा ठूलो प्रतिष्ठाको विषय भएको भन्दै क्लबको वेवसाइटमा लेखेका छन् । “यो खेल दुवैका लागि एक नयाँ सुन्दर अनुभव हुनेछ । यो प्रष्ट छ कि युभेन्टस र मिलानबीचको खेल सिरी ‘ए’ मा सबै भन्दा प्रतिष्ठाको लडाई हो । जुन इतिहासदेखि यस वर्ष पनि लिगमा देखिनेछ ।”

खेलमा ६० अंक जोडेको युभेन्टस दोस्रो र २४ खेल खेलेको मिलान ५४ अंक सहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्