Logo

अस्ट्रेलियालाई पाँचाै पटक महिला टी–२० विश्वकपकाे उपाधि, भारत ८५ रनले पराजित



Spread the love

एजेन्सी । भारतलाई पराजित गर्दै आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले पाँचाै पटक हात पार्न सफल भएको छ। आइतबार मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा भारतलाई अस्ट्रेलियाले ८५ रनले हराएको हो ।

अस्ट्रेलियाले दिएको १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.१ ओभरमा अल आउट हुँदै ९९ रनमै समेटियो । भारतका लागि दिप्ती शर्माले सर्वाधिक ३३ रन जोडिन् । त्यस्तै विदा कृष्णमूर्तिले १९, स्मृति मन्धनाले ११ र रिचा घोशले १८ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेन ।

भारतलाई सस्तैमा समेट्न अस्ट्रेलियाका मेगनले चार विकेट लिँदा जिस जोनसेनले तीन विकेट हात पारिन । त्यस्तै सोपिया, निकोला र डेलिसाको नाममा समान एक एक विकेट रह्यो ।

यस अघि टस जितेर पहिले ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित ओभरमा चार विकेट गुमाउँदै एक सय ४ रनको सम्मानजनक योगफल बनायो । अस्ट्रेलियाका लागि एलिसा हिलेले ३९ बलको सामना गर्दै ७५ रनको विस्फोटक पारी खेलिन् । उनी महिला टी–२० मा अस्ट्रेलियाका लागि दुई हजार रन बनाउन पनि सफल भइन् । त्यस्तै बेथ मुनीले अविजित ७८ रन बनाइन् ।

बलिङतर्फ भारतका लागि दिप्ती शर्माले दुई तथा पुनम यादवले एक विकेट लिइन् ।अस्ट्रेलियाले यसअघि सन् २०१०, २०१२, २०१४ र २०१८ मा विश्वकपकाे उपाधि जितेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्