Logo

यसरी खेल्न सकिन्छ काेरोनाबाट बच्दै होली



Spread the love

विश्वभर आक्रान्त पारेकाे काेरोनाले नेपालका शहरदेखी गाउँसम्म नै सम्वादकाे नयाँ विषय थपेकाे छ । करिब ९० मुलुकमा काेराेनाकाे संक्रमण देखिएता पनि नेपालमा भने यसकाे संक्रमण भएकाे अहिलेसम्म पुष्टि भइसकेकाे छैन । तर विश्व स्वास्थ्य संगठनले काेराेनाकाे उच्च जोखिमयुक्त स्थान भनेर नेपालकाे नाम पनि समावेश गरिसकेकाे छ ।

काेराेनबाट बच्ने विभिन्न उपाय मध्ये १ अनावश्यक रूपमा भिडभाडमा नजाने हाे । अझ भन्नुपर्दा हाेलीकाे राैनक नै मानिसहरूकाे भिडभाडमा एक आपसलाई रंग पोत्नुमा हुन्छ ।

नेपालका हरेका स्थानमा उच्च राैनकका साथ मनाइने हाेलीकाे यसपाली खासै राैनक देखिएकाे छैन । रंग व्यवसायीदेखि कपडा व्यवसायीसम्म हाेलीका सामग्री बिक्री नभएर चिन्तित छन् । तर यसकाे मतलब हाेली नै खेलिएकाे छैन भन्ने पनि हाेइन । हामीमध्ये कतिपयलाई हाेली नखेली चित्त नबुझ्ने पक्कै हाेला । यस्ताे अवस्थामा हाेली पनि खेल्न र काेराेनाबाट पनि बच्ने केही उपाय हामीले सुझाएका छाैँ । सायद यी केही उपयोगी हुन सक्छन् ।

सानाे सर्कलमा हाेली खेल्ने

हाेली जति ठुलाे भिडमा खेलियो त्यति नै मजा हुन्छ । तर यो वर्षकाे अवस्था त्यस्ताे रहेन । तसर्थ आफ्नै नजिकका साथीभाइ तथा इष्टमित्रहरूमा मात्र सिमित रहेर हाेली खेल्दा केही लाभदायक हुन्छ । स्वास्थ्य भन्दा ठुलाे केही छैन भन्ने साेचका साथ मनाेरञ्जन लिँदा सबैलाई फाइदा हुन्छ ।

अनावश्यक रंगहरूकाे प्रयाेग नगर्ने

हाेलीकाे विशेषता नै रंग अनि पानीमा रहेकाे छ । रंग दल्दै पानीले भिजाउनु हाेली खेल्ने प्रक्रिया हाे । तर यसपाली विश्व नै महामारीले आक्रान्त भइरहेको बेला सकेसम्म कम रंगकाे प्रयाेग गरेर हाेली खेल्दा महामारी फैलने सम्भावना न्युन रहन्छ ।

जतिसक्दो कम समय होली खेल्ने

पोहोरका साल हामीले एक दिन पुरा नै होलीका लागि छुट्याए पनि यो साल जतिसक्दो कम समय होली खेलनु लाभदायक हुन्छ । कोराेना अझ चिसाे मन पराउने भएकाले जतिसक्दो कम समय होलीका लागि छुट्याउनु नै उत्तम हुन्छ ।

हाेली खेलिसकेपछि तातो पानीले नुहाउने

हाेली खेल्दा प्रयाेग भएकाे पानि सबै सफा हुँदैन । अझ त्यसमा पनि काठमाडाैं उपत्यकामा त पानीकाे गुणस्तर अत्यन्तै नाजुक छ । यस्ताे अवस्थमा आफू पनि सचेत हुनै पर्छ । यसका लागि होली खेलिसकेपछि तातो पानीले नुहाउनु लाभदायक हुन्छ । यसले काेराेना नै नभए पनि अन्य सम्भावित फ्लुबाट समेत बच्न सहयोग पुग्दछ ।

प्रतिक्रिया दिनुहोस्