Logo

म्याड्रिडका कोर्टुवाले सिटीविरुद्धको खेल गुमाउने सम्भावना उच्च



Spread the love

एजेन्सी। रियल म्याड्रिडका गोलरक्षक थिबाउट कोर्टुवाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध हुने राउन्ड अफ १६ को दोस्रो लेग गुमाउने सम्भावना रहेको छ । उनले रियल बेटिसविरुद्ध हार बेहोरेको खेलमा चोट बोकेपछि केहि खेल गुमाउने सम्भावना बढेको हो ।

चोट लागेको बायाँ खुट्टा सुन्निएको कारण मंगलबार मात्र परिक्षण गरिने भएको छ । कोर्टुवाले कम्तिमा दुई खेल गुमाउने सम्भावना रहेको स्रोतले जनाएको छ । रियलले शुक्रबार ला लिगाअन्तर्गत एइबारसँग प्रतिस्पर्धा गर्दैछ । त्यसपछि रियलले इतिहाद रंगशालामा म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

सिजनको सुरुवातमा कमजोर देखिएका कोर्टुवा पछिल्लो समय निकै लयमा रहेका छन् । डिसेम्बरदेखि लगातार लिगमा पहिलो रोजाइमा रहेका उनले एल क्लासिकोमा समेत क्लिनसिट राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्