Logo

लिपजिगले साविकको उपविजेता टोटेनहमको आतिथ्यता गर्दा भ्यालेन्सियाले एटलान्टाको सामना गर्दै



Spread the love

एजेन्सी। च्याम्पियन्स लिग अन्तर्गत आज राति प्रि–क्वाटरफाइनलको दोस्रो लेगका दुई खेलहरु हुँदैछन् । जसमा लिपजिगले घरेलु मैदानमा साविकको उपविजेता टोटेनहमको आतिथ्यता गर्दा स्पेनिस क्लब भ्यालेन्सियाले भने इटालियन क्लब एटलान्टासँग प्रतिस्पर्धा गर्दैछ । दुवै खेल नेपाली समय अनुसार राति १ः४५ बजे हुनेछ ।

टोटेनहम लिपजिगलाई पराजित गर्दै क्वाटरफाइनल पुग्ने रणनीतिका साथ मैदान उत्रनेछ । आरबीविरुद्ध जित निकाल्न नसके साविकको उपविजेता टोटेनहम प्रि–क्वाटरफाइनलबाटै बाहिरिने छ । यता घरेलु टोली पाहुना टोलीलाई पराजित गर्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । लाइप्जिगलाई बराबरीले नै अर्काे चरण पुग्न पर्याप्त बन्नेछ ।

अर्काे खेलमा भ्यालेन्सिया र इटालीयन क्लब एटलान्टाबीच भिडन्त हुदैछ । भ्यालेन्सिया उत्कृष्ट प्रर्दशन गर्दै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । यता, एटलान्टाले अघिल्लो चरण प्रवेश गर्न हार या बराबरी नै पर्याप्त हुने छ ।

प्रतिक्रिया दिनुहोस्