Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

२६ फागुन,काठमाण्डौ । डेढ महिना अघिदेखि लगातार उकालो लागि रहेको सुनको मूल्य पछिल्लो सातादेखि क्रमिक रुपमा बढ्दै गइरहेको छ ।

आइतबार प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मङ्गलबार प्रतितोलामा २ सयले बढेर ८२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तेजाबी सुन भने ८२ हजार ४ सयमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा झरेको छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्