Logo

चीनमा ९ जना अझै वेपत्ता



Spread the love

२८ फागुन, चीन – शनिबार पूर्वी चीनको फुजियान प्रान्तमा एक होटलको भवन भत्किएपछि वेपत्ता १० जनामध्ये एकलाई ६९ घण्टापछि मङ्गलबार बिहान जीवित उद्धार गरिएको चिनियाँ अधिकारीले बताएका छन् ।

भग्नाबशेषमा पुरिएका नौ जनाको अवस्था अझै पनि अज्ञात रहेको छ ।

लिचिङ जिल्लाको क्वान्चाओ सहरमा रहेको सिन्चिआ होटेल भत्किएर वेपत्ता बाँकी व्यक्तिको पनि उद्धार कार्य जारी रहेको छ भने अहिलेसम्म ६२ जनालाई उद्धार गरिएको छ । उक्त घटनामा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

होटेल भत्किँदा कम्तीमा ७१ जना भग्नाबशेषमा पुरिएका थिए । उद्धारकर्ताहरूले हराइरहेका अन्य नौ व्यक्तिको खोजी कार्यलाई जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्