Logo

आहा रारा गोल्डकप: फाइनल पुग्न थ्री स्टार र पुलिसबीच भिडन्त



Spread the love

२८ फागुन, पोखरा । जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज हुने पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन रुस्लान थ्री स्टार क्लबले विभागीय टिम नेपाल पुलिस क्लबसंग प्रतिस्पर्धा गर्दैछ । खेल पोखरा रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

थ्री स्टार विभागीय प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै लगातार तीन संस्करणको फाइनल पुग्ने रणनीतिका साथ मैदान उत्रनेछ। यता, पुलिस साविक विजेतालाई सेमिफाइनलबाटै घर फर्काउने लक्ष्यमा हुनेछ । यो खेलमा विजयी हुने टोलीले शनिबार उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मनाङ–मर्स्याङ्दी क्लबबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्