Logo

विश्व वरियतामा १६ वर्षीय प्रिन्स विश्वकै सातौँ उत्कृष्ट खेलाडी



Spread the love

काठमाडौँ। युवा स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर वरियतामा शीर्ष सातौं स्थानमा उक्लिन सफल भएका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले बुधबार जारी गरेको वरीयतामा प्रिन्सले ३ स्थान सुधार गर्दै शीर्ष ७ मा उक्लन सफल भएका हुन् । प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरियता हो । प्रिन्सले ११ प्रतियोगिता खेल्दै १०४०० अंक जोडेका छन् ।

यसअघि उनी १०औं स्थानमा थिए । प्रिन्सले भर्खरै युरोपमा दुई वटा जुनियर प्रतियोगिता खेलेका थिए । नेदरल्याण्ड्समा भएको डच जुनियर र जर्मनीमा भएको जर्मन जुनियरमा उनी अन्तिम १६ सम्म पुगेका थिए ।

पछिल्लो समय विदेशमा विभिन्न जुनियर प्रतियोगिताहरु खेलिरहेका प्रिन्सले २०२० मा वरीयतामा निकै सुधार गरिरहेका छन् । यस वर्ष उनले ६ प्रतियोगिता खेलिसकेका छन् । नयाँ वरीयता अनुसार प्रिन्सको १० हजार चार सय अंक छ ।

प्रतिक्रिया दिनुहोस्