Logo

साविक विजेता लिभरपुल र एट्लेटिको मड्रिडबीच भिडन्त हुँदा पिएसजीलाई भने डर्टमण्डको चुनौती



Spread the love

एजेन्सी। च्याम्पियन्स लिगमा अन्तिम १६ को दोस्रो लेग अन्तर्गत आज पेरिस सेन्ट जर्मन (पिएसजी) ले बोरुसिया डर्टमण्डको सामना गर्दा साविक विजेता लिभरपुलले एट्लेटिको मड्रिडसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । यी दुवै खेल राति पौने २ बजे सुरु हुने छन् ।

पिएसजीको घरेलु मैदान पार्क डि प्रिन्सेसमा हुने खेलमा पिएसजी दबाबमा रहनेछ । आजको खेलमा पिएसजीलाई समर्थन गर्न साथमा घरेलु दर्शक हुने छैन । अर्कोतिर, डर्टमण्डलाई आजको खेल कम्तिमा पनि बराबरीमा टुङ्ग्याउनु पर्ने बाध्यता छ । अन्यथा डर्टमण्डले अन्तिम आठमा आफ्नो स्थान गुमाउनु पर्ने हुन्छ ।

यस्तै, लिभरपुललाई आजको खेलमा पुनरागमन गर्ने ठूलो मौका छ । आजको खेलमा एट्लेटिलाई गोलरहित बराबरी या समान गोलको बराबरी भए पनि पुग्नेछ । तर लिभरपुललाई भने जित निकाल्नै पर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्