Logo

प्रिमियर लिगमा पनि कोरोनाको असर : सिटी र आर्सनलबीचको खेल स्थगित



Spread the love

एजेन्सी। कोरोना भाइरसको असर इंग्लिस प्रिमियर लिगमा पनि परेको छ। बुधबारका लागि तय भएको म्यानचेस्टर सिटी र आर्सनलबीचको खेल स्थगित भएको हो । कोराना भाइरसको संक्रमणबाट बच्नको लागि भन्दै म्यानचेस्टर सिटी र आर्सनलबीचको खेल स्थगित गरिएको बताइएको छ।

आर्सनलका केही खेलाडीहरु आइसोलेसनमा बसेका छन्। दुई साताअघि आफुहरुले हात मिलाएका ओलमपियाकोस क्लबका अध्यक्ष इभानजेलोस मारिनाकिसलाई कोरोना भाइरसको संक्रमण देखिएपछि आर्सनलका खेलाडीहरु आईसोलेसनमा बसेका हुन् ।

कोरानाका कारण विश्वभर खेलकुदका धेरै प्रतियोगिताहरु स्थगित भएका छन् । इरानमा कुनै पनि खेलकुद प्रतियोगिता भएका छैन । त्यस्तै इटालीमा खेलकुद प्रतियोगिता दर्शकबिना नै खेलाइ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्