Logo

पाटन कलेजलाई आइटी कपको उपाधी



Spread the love

न्यु समिट कलेजले आयोजना गरेको आठौँ सी.एस.आइ.टि क्रिकेट प्रतियोगिताको आज मुलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा पाटन संयुक्त क्याम्पस द्वारा एकेडेमिया अन्तर्राष्ट्रिय कलेज ७ विकेटले पराजित भएको छ ।

टस जितेर ब्याटिङ गरेको एकेडेमिया कलेजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९८ रन जोड्न सफल भएको थियो । एकेडेमीया कलेजका लागि मधुसूदन खनालले २२ र विपिन महर्जनले १७ रन लिए भने बाकी खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् । पाटन कलेजका लागि रुपेश बुढाथोकी र निर्मल लुइँटेलले २,२ विकेट लिए ।

९९ रनको लक्ष्य पाएको पाटन कलेजले १४.४ ओभरमै लक्ष्य भेट्टाउन सफल भयो । उसले ३ विकेटको क्षतिमा १०० रन लिन सफल हुँदै आइटी क्रिकेट कपको उपाधि जित्न सफल भयो । पाटन कलेजका लागि सुनिल ज्ञवालीले ३७ बलमा २५ रन र सुनिल खड्काले २४ रन लिँदै आफ्नो टिमलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलका थिए । फाइनल खेलको प्लेयर अफ द म्याच पाटन संयुक्त क्याम्पसका सुनिल खड्का भए । उनले नट – वाउट २४ बलमा २४ रन लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्