Logo

युभेन्टसका डिफेन्डर ड्यानीएल रुगानीलाई कोरोना संक्रमण



Spread the love

एजेन्सी । युभेन्टसका डिफेन्डर ड्यानीएल रुगानीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । बुधबार युभेन्टसले एक विज्ञप्ति जारी गर्दै रुगानीलाई कोरोना रहेको बताएको छ ।

रुगानीलाई कुनै पनि क्रियाकलापमा संग्लन नहुन र अन्य खेलाडीसँग भेटघाट नगर्न हुन क्लबले निर्देशन दिएको छ । २५ वर्षीय रुगानीमा हाल कुनै समस्या नदेखिएपनि परिक्षणमा भने उनलाई कोरोना भएको देखिएको हो । उनले युभेन्ट्सका लागि यो सिजन सिरी एका तीन खेल खेलेका छन् ।

युभेन्टसले कोरोना संक्रमण फैलिन नदिन अब आफ्ना सबै खेलाडी र प्रशिक्षकलाई क्वारानटाइनमा राख्नेछ । यससँगै अर्को साता हुने च्याम्पियन्स लिगको लियोनविरुद्ध खेल पनि नहुने लगभग पक्का भएको छ । पछिल्लो तथ्याङ्क हेर्दा इटालीमा १२ हजार भन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ भने ८२७ ले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्