Logo

आहा रारा गोल्डकप: फाइनलमा पुग्नका लागि आर्मी र मनाङबीच प्रतिस्पर्धा हुँदै



Spread the love

२९ फागुन, पोखरा । जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अनतर्गत सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले मनाङ–मर्स्याङ्दि क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

आर्मी अघिल्लो वर्ष फाइनलमा रुस्लान थ्री स्टारसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपाधिबाट बन्चित हुनु परेको थियो । आहा राराको सर्वाधिक सफल मध्येको मनाङ आर्मीलाई स्तब्ध पार्दै फाइनल पुग्ने रणनीतिमा हुनेछ ।

मनाङले झापा-११ फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।‘ए’ डिभिजन क्लब संकटालाई ३–० ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको आर्मी युवा खेलाडीले भरिएको मनाङलाई पराजित गर्दै लगातार दोस्रोपटक फाइनल पुग्ने दाँउमा हुनेछ । यि दुई टोलीबीचको विजेताले शनिबार फाइनलमा नेपाल पुलिस क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्