Logo

कोरोना भाइरसको संक्रमण : सन्दीप सम्मिलित एसिया ११ र विश्व ११ बीचको टि ट्वान्टी सिरिज स्थगित



Spread the love

एजेन्सी । सन्दीप लामिछाने सम्मिलित एसिया ११ र विश्व ११ बीच हुने भनिएको दुई टि ट्वान्टी सिरिज स्थगित भएको छ । बुधबार बंगलादेश क्रिकेट बोर्डले विश्वभर फैलि रहेको कोरोना भाईरसको कारण खेल स्थगित भएको जनाएको हो ।

मुजिब १०० टि ट्वान्टी कप बंगलादेश २०२० अन्तर्गत चैत्र ८ र ९ गते मा बंगलादेशको शेर ए बंगला रंगशालामा हुने विश्व ११ विरुद्ध एसिया ११को टोलीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि थिए । तर अर्को मिती सार्वजनिक नहुन सम्म स्थगित भएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्