Logo

खेतमा घाँस काटेको भन्दै महिलामाथि निर्घात कुटपीट



Spread the love

२९ फागुन, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा खेतमा घाँस काट्न गएको भन्दै एकजना अधबैँसे महिलामाथि निर्घात कुटपिट भएको छ। खेतमा गई घाँस काटेको भन्दै वडा न ८ बजारटोलका रामप्रवेस साहले ५० बर्षिया मोगलपानी खातुनलाई निर्घात कुटपिट गरेका हुन् ।

४ दिन अघि अरुकै खेतमा घाँस काटेर आउने क्रममा रामप्रवेस साहले जबरजस्ती मेरो खेतमा किन गइस् भन्दै भुइँमा लडाएर कुटपिट गरेको पीडितले बताएकी छन् ।

घटनाबारे ईलाका प्रहरी कार्यालय विजयपुरमा उजुरी दिँदा पीडकबाट सामान्य उपचार मात्र गर्न लगाएर उन्मुक्ति दिइएको पीडितको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्