Logo

आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटालाई कोरोनाको संक्रमण



Spread the love

एजेन्सी । आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना (कोभिड–१९) भाइरसको संक्रमण देखिएको छ । चेक जाँचको क्रममा प्रिमियर लिग क्लबका प्रशिक्षकमाथि कोरोनाको पोजेटिभ लक्षण भेटिएको हो ।

अर्टेटामा देखिएको लक्षणसँगै इंग्ल्यान्ड फुटबल एसोसिएसन (एफए) को आकस्मिक बैठकले आर्सनल र ब्राइटनबीचको प्रिमियर लिग खेल स्थगित गराएको छ । यस्तै, प्रिमियर लिगले शुक्रबारै आकस्मिक बैठक राखेर खेल तालिकाबारे छलफल गर्ने जनाएको छ ।

कोरोनाकै कारण बुधबारका लागि तय आर्सनल र म्यानचेष्टर सिटीबीचको खेल स्थगित भएको थियो । बिहिबार मात्र लेस्टर सिटीका तीन खेलाडीमा कोरोना भएको पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्