Logo

तपाईँको यस्ता खराब बानी जसले तपाईँलाई कहिल्यै सफल हुन दिँदैन !



Spread the love

एजेन्सी। आचार्य चाणक्यले जीवनलाई सफलतापूर्वक अघि बढाउनका लागि थुप्रै नीति बनाएका थिए । आचार्य चाणक्यको यो नीति आजसम्म पनि सान्दर्भिक छ । चाणक्यका अनुसार मनुष्यले यदि यी चार कुरा कसैलाई पनि नबताए हरेक मोडमा जीत हासिल गर्न सक्नेछन् ।

  • जीवनको कुनै पनि मोडमा यदि पैसाको कमी हुँदा आफ्नो आर्थिक स्थितीबारे कसैलाई पनि केही भन्नु हुँदैन । जीवनमा यस्ता थुप्रै मौका आउँछन् जब मानिसहरु आर्थिक रुपमा कमजोर हुन्छन् । यदि तपाईंले यस्ता समस्याबारे सबैलाई बताउँदै हिँड्नुहुन्छ भने मानिसहरुले तपाईंको खिल्ली उडाउन सुरु गर्नुका साथै मद्दतका लागि कोही पनि अघि सर्ने छैनन् ।
  • हामीले आफ्नो घरको कुरा घरमै सिमित राख्नुपर्छ । जब बाहिरका मानिसहरुले तपाईंबारे थाहा पाएर तपाईंविरुद्ध षड्यन्त्र रच्न थाल्छन् जसले गर्दा घरमा झगडा पैदा हुन्छ ।
  • चाणक्यका अनुसार अपमानित हुँदा अरु कुनै व्यक्तिसँग यसबारे चर्चा गर्नुहुँदैन । मानिसहरुलाई यस्ता कुरा बताउँदा उनीहरुले तपाईंलाई मद्दत गर्नुको साटो तपाईंको खिल्ली उडाउन सुरु गर्छन् । यसले तपाईंको मनोबल टुट्छ ।
    -आफ्नो दुःख पीडा सबैलाई बताउँदै हिँड्ने बानीले हामीलाई क्षती पुर्‍याइरहेको हुन्छ । अरुसँग तपाईंको दुःख, पीडा बुझ्ने समय नै हुँदैन ।

प्रतिक्रिया दिनुहोस्