Logo

आहा रारा गोल्डकप : उपाधिका लागि पुलिस र मनाङबीच भिडन्त



Spread the love

पोखरा। आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणमा उपाधिका लागि शनिबार चिरपरिचित टोली नेपाल पुलिस क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । पोखरा रंगशालामा फाइनल खेल शनिबार दिउँसो १ बजेपछि हुनेछ ।

मनाङले उपाधि दावेदार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ ले तथा पुलिसले डिफेन्डिङ च्याम्पियन रुस्लान थ्री स्टार क्लबलाई ३–० ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

पुलिस आहा रारामा ६ पटक च्याम्पियन भईसक्दा मनाङले पनि ५ पटक उपाधि जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्