Logo

कोरोना भाइरसको प्रभाब: अप्रिल १५ सम्मका लागि आईपीएल स्थगित



Spread the love

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट अप्रिल १५ सम्मका लागि सरेको छ । विश्वरभर फैलिएको कोरोना भाइरसको कारण आईपीएल तोकिएकै समयमा गर्ने वा पछि सार्ने भन्नेबारे बहस चलिरहेदा १६ दिन पछि हुने भएको हो ।

यसअघि आईपीएल मार्च २९ बाट शुरु हुने तय थियो । तर अब उद्घाटन खेल अप्रिल १५ मा हुनेछ । बीसीसीआईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बोर्डले आईपीएलको आगामी सत्र १५ अप्रिलसम्म स्थगित गर्ने निर्णय गरेको छ। यो निर्णय कोरोना भाइरसको कारण फैलिएको स्थितिका कारण लिइएको हो।’ त्यस्तै यसपटक आईपीएलमा विदेशी खेलाडीलाई सहभागी नगराउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्