Logo

म प्रगतिशील भारतीय चलचित्रको हिस्सा बन्न चाहन्छु– आयुष्मान खुराना



Spread the love

आयुष्मान खुरानाले बरेलीकी बर्फी, बधाई हो, ड्रिम गर्ल, बाला, अन्धाधुनजस्ता चलचित्रबाट आफूलाई उत्कृष्ट कलाकारको रुपमा उभ्याइसकेका छन् । सन् २०१२ मा बिक्की डोनर चलचित्रबाट बलिउडमा प्रवेश गरेका आयुष्मान खुराना छोटो समयमा नै बलिउडमा आफ्नो छाप पारिसकेका छन् ।

खुरानाले अभिनय मात्र गर्दैनन्, उनी सफल उद्घाेषक अनि गायक पनि हुन् ।
सन् २०१८ मा प्रदर्शनमा आएको अन्धाधुन चलचित्रबाट उनले नेसनल फिल्म अवार्डमा उत्कृष्ट कलाकारको अवार्ड पाएका थिए । यति मात्र होइन, उनले फिल्मफेयरमा २ क्रिटिक्स अवार्ड पनि जितिसकेका छन् ।

हालचाल उनले अभिनय गरेको शुभ मंगल ज्यादा सावधान चलचित्र प्रदर्शनमा आएको थियो । आयुष्मान खुरानासँग फिल्मफेयरका लागि सुमन शर्माले अन्तर्वार्ता लिएका थिए । सल्लेरी कोलाजका लागि भावानुदित उक्त वार्तालापको सम्पादित अंशः


१.शुभ मंगल ज्यादा सावधानको स्क्रिप्ट पाउँदा तपाईंको प्रतिकृया कस्तो थियो ?

मैले यस्तै खालको स्क्रिप्ट खोजिरहेको थिएँ । म निर्देशक हितेष केवाल्यको सम्पर्कमा थिएँ । मेरो मनमा खुल्दुली भइरहेको थियो कि उनले के लेख्दैछन् भनी । जब उनले स्क्रिप्टको बारेमा बताए तब म निकै खुशी भएँ । जब मैले स्क्रिप्टको बारेमा सुने तब त्यो बेलामा म अचम्मित भएको थिएँ । हामीले त्यस्तै खालको चलचित्रको माग गरिरहेका थियौँ ।

२. के तपाईंले चलचित्रको विषयबारेमा दोहोर्याइ सोंच्नुभयो ?

अँहँ सोंचिन । मलाइ लाग्यो कि मैले यो चलचित्रमा काम गर्नुपर्दछ । जब म ड्रिम गर्लको छायांकनमा थिएँ तब मैले समलिंगीले धेरै मलमा किस गरेको देखेको थिएँ । त्यहीं बेलमा नै मलाइ यस बारेमा चलचित्रमा काम गर्ने ख्याल आएको थियो ।

३. चलचित्र उद्योगमा आउनुभन्दा पहिला समलिंगीको बारेमा तपाईंको धारणा के थियो ?

कलेजमा छँदा मलाइ समलिंगीप्रति भय थियो । तर जब मैले बलिउडमा पनि एलजीबीटी कम्युनिटीको सदस्यहरु देखेँ तब ममा भय हरायो । म यस चलचित्रलाई गर्व गर्छु । यसले मभित्र धेरै परिवर्तन ल्याएको छ । समलिंगीविरुद्ध भारतमा धेरै मानिसहरु छन् । उनीहरुमा परिवर्तन आओस् भन्ने चाहन्छु ।

४. चलचित्रमा समलिंगीको भूमिकामा देखिंदा कस्तो अनुभव भयो ?

मलाइ लाग्छ, कलाकारको रुपमा जे सुकै गर्नको लागि तयारी अवस्थामा बस्नुपर्दछ । यो एउटा छुट्टै क्यारेक्टरमा देखिए सरह हो । म यहीं कुरामा अनुभव गर्न चाहनुका साथै सबैले यस कुरामा आफ्नो धारणा बदलुन् भन्ने आशा गर्दछु । उनीहरु सामान्य मानिसजस्तै हुन् । धेरै मानिसहरु भन्छन् की उनीहरु असामान्य छन् । अब यस कुरामा परिवर्तन हुनु जरुरी छ ।

५.के तपाईंका समलिंगी साथीहरु छन् ?

मसँग समलिंगी साथीहरु छन् । मलाइ तिनीहरुको कथा र सङ्घर्षको बारेमा थाहा छ । मैले फिलिप बेस्सनको लाइ विथ मी भन्ने किताब पढेको थिएँ । उक्त किताब दुई समलिंगीको प्रेमको बारेमा थियो ।
६.प्रत्येक समयमा फरक–फरक अभिनयको लागि आफूलाई कसरी परिवर्तन गर्नुहुन्छ ?

आफूलाई अभिनयमा परिवर्तन गर्न पर्दैन । कुन ठाउँमा छायांकन हुँदै छ, उक्त ठाउँको भाषा आउनु पर्छ अनि क्यारेक्टरको लागि तयारी हुनु आवश्यक जस्तो लाग्छ मलाइ । म प्रत्येक पटक फरक–फरक कथामा अभिनय गर्नको लागि तयारी छु ।

७. के तपाईंलाई उत्कृष्ट अभिनय गर्नको लागि प्रत्येक समयमा प्रेसर हुन्छ ?

प्रेसर छैन । मलाइ लाग्छ कि जटिल स्क्रिप्ट छान्नु साहसको कुरा हो । यहीं सफलताले मलाइ अरुभन्दा बढी साहस दिएको छ ।

८. के तपाईंले चलचित्र उद्योगमा आफूलाई पाउनु भयो ?

चलचित्र उद्योगमा आफ्नो क्षेत्र पाउनु निकै महत्वपूर्ण कुरा हो । हाम्रो देशमा महान कलाकारको जन्म भएको छैन । ती कलाकारहरुको जन्म भएको छ जसको दृष्टि छ र अरुभन्दा फरक तरिकाका छन् ।

९.गत साल तपाईंको लागि निकै राम्रो भयो । यो वर्षको व्यक्तिगत लक्ष्य के छ ?

मेरो व्यक्तिगत लक्ष्य भनेको मेरो जनरा परिवर्तन गर्नु हो । म एक्सन चलचित्रमा काम गर्न चाहन्छु । विशेष गरी रोहित सेट्टीको चलचित्रमा काम गर्न म उत्साहित छु ।

१०. तपाईं के गर्न चाहनु हुन्न ?

म पछाडि फर्किने काम गर्न चाहन्न । म प्रगतिशील भारतीय सिनेमाको हिस्सा बन्न चाहन्छु । पहिला नै भइसकेको काम गर्न म चाहंदिन ।

प्रतिक्रिया दिनुहोस्