Logo

गुल्मीका मृगौला पिडीत भुजेललाई अमेरीकाबाट आर्थिक सहयोग



Spread the love

३० फागुन, गुल्मी । गुल्मीको रेसुंगा नगपालिका वडा नम्वर आठका ३८ वर्षीय मृगौला पीडीत युगल भुजेललाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
रेसुङ्गा नगरपालिका वडा नम्वर आठका वडा अध्यक्ष भरत भलामीको विषेश पहलमा अमेरीकाबाट उनकाे उपचारार्थ आर्थिक सहयोग प्रदान गरिएको हो ।

अमेरीकास्थित वडा अध्यक्ष भलामीका आफन्तजनबाट १ लाख ६६ हजार ८ सय ९१ सहयोग रकम बिहिबार भुजेलका परिवार लाई हस्तान्तरण गरिएको हो ।


अमेरीकाबाट प्रकाश भलामी ,ज्ञानेश्वर श्रेष्ठ, हिरेन्द्र श्रेष्ठ, विरेन्द्र श्रेष्ठ, सुजन भलामी,सञ्जय श्रेष्ठ ,युवराज घर्ती, राज घर्ती मगर, उत्तम सिंह राना र जहेन्द्र श्रेष्ठको समुहले आर्थिक सहयोग उपलब्ध गराएको हो ।

भुजेलका दुबै मृगौला फेल भएपछि अहिले उनले लुम्बिनी प्रादेशिक अस्पतालमा डाईलासीस गराईरहेका छन् ।

अहिलेसम्म विभिन्न व्यक्ति तथा समुहबाट ८ लाख रकम जुटेको युगल बचाउ अभियानका संयोजक राजु पाण्डेले बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्