Logo

कोरोना भाइरसको प्रभाब: विश्व भरका खेलकुद गतिविधिहरु ठप्प



Spread the love

एजेन्सी। देशै भरि फैलिएको कोरोना भाइरसको कारण विश्वमाखेलकुदका गतिविधि ठप्प बनेका छन् । चीनको वुहान शहरबाट शुरु भएको भाइरस युरोपेली राष्ट्रमा तिब्र रुपमा फैलिएपछि विश्वको चर्चित फुटबल लिगहरु रोकिएको छ ।

इटालियन सिरी ‘ए’ र इंग्लिस प्रिमियर लिग, युइएफए च्यापिम्पयन्स लिग, युरोपा लिग, स्पेनिस ला लिगा, अप्रिलसम्मका लागि स्थगित भइसकेका छन् ।

जर्मन फुटबल लिगले बुन्डेस लिगा आगामी अप्रिल २ सम्मको लागि स्थगित गर्दा फ्रान्सको फ्रेन्च लिग वान पनि स्थगित भएको छ । फुटबल मात्र नभएर खेलकुदका अन्य गतिविधि पनि कोरोना भाइरसका कारण ठप्प बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्