Logo

इटाली, फ्रान्स र स्पेनमा रोकिएन काेरोना भाइरसको संक्रमण



Spread the love

एजेन्सी। कोरोना भाइरस महामारीको प्रकोपकाे सामाना गरिरहेका यूरोपका तीन राष्ट्रमा संक्रमणबाट एकैदिनमा सबैभन्दा बढी मृत्यु भएकाे छ । इटाली, फ्रान्स र स्पेनमा कोरोना भाइरसको उच्च जोखिममा रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कोरोना भाइरस संक्रमणको पुष्टि भएका बिरामीको संख्या एक लाख ६२ हजार ६८७ पुगेको छ । जसमध्ये चीनमा ८१ हजार तीनजनामा उक्त संक्रमणको पुष्टि भएको छ । संक्रमणबाट करिब छ हजार ६५ जनाको मृत्यु भएको स्वास्थ्य संगठनले जनाएको छ । जसमध्ये चीनमा मात्रै तीन हजार ८५ जना रहेका छन् ।

इटालीमा एकैदिनमा शनिबार ३६८ जनाको मृत्यु भएको छ । इटालीमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या एक हजार ८०९ पुगेको छ । स्पेनमा शनिबार ९७ जनाको मृत्यु भएसँगै कोरोना भाइरसको संक्रमणले मृतकको संख्या २८८ पुगेको बीबीसीले उल्लेख गरेको छ ।

फ्रान्समा २९ जनाको मृत्यु हुँदा हालसम्म १२० जनाले कोरोनाबाट संक्रमित भई मृत्यु भएको जनाइएको छ । फ्रान्समा पाँच हजार चारसय जनामा संक्रमणको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्