Logo

ब्राजिली स्टार नेयमारलाई बेच्न तयार पीएसजी



Spread the love

एजेन्सी। पेरिस सेन्ट जर्मेन (पीएसजी) आफ्ना ब्राजिली स्टार नेयमारलाई बेच्न तयार भएको छ । गत समरमा पीएसजीले तोकेको मुल्यमा ५१ मिलियन पाउन्ड कम गरेर नेयमारलाई बेच्न तयार भएको सञ्चार माध्यमहरुले जनाएकाे छ ।

गत समरमा नेयमारको मुल्य १८६ मिलियन तोकिएको थियो । यससँगै नेयमारको मुल्य १३५ मिलियन पाउन्ड हुनेछ । पीएसजीको यो निर्णयसँगै नेइमार आउँदो सिजन बार्सिलोना जाने सम्भावना बढेको छ । यस सिजनकै शुरुमा बार्सिलोना जाने प्रयास गरेका नेइमार दुवै क्लबबीच मूल्यमा कुरा नमिल्दा असफल भएको थियो ।

पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनाद्रो अराउजोले नेयमार बेच्न तयार रहेको उल्लेख गरेका छन् । नेयमारको मुल्यमा गिरावट आएसँगै उनलाई पुर्व क्लब बार्सिलोनाले पुनः अनुबन्ध गर्न सक्ने बुझिएको छ ।

लिग उत्तरार्धमा रहँदा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वका सम्पुर्ण खेल गतिविधि ठप्प छ ।

प्रतिक्रिया दिनुहोस्