Logo

स्टार फर्वाड रोनाल्डो अझै युभेन्टसमै रहने



Spread the love

एजेन्सी । युभेन्टसले आफ्ना स्टार फर्वाड क्रिस्टियानो रोनाल्डोको सम्झौता लम्ब्याउने प्रयास थालेको छ । पोर्चुगिज स्टार फरवार्ड रोनाल्डोको सम्झौता २०२२ काे जुनमा सकिदै छ । तर, युभेन्टसले रोनाल्डोलाई क्लबमा थप दुई वर्ष राख्ने प्रयासमा जुटेकाे हो ।

रोनाल्डो २०१८ मा रियलबाट युभेन्टस पुगेका थिए । राेनाल्डाेले यस सिजन उच्च प्रर्दशन गर्ने क्रममा ३२ खेल खेल्दै २५ गोल गरिसकेका छन् । उनले सिरी ‘ए’ मा लगातार ११ खेलमा ११ गोल गर्दै नयाँ कीर्तिमान समेत बनाएका छन् ।

क्लबले रोनाल्डोलाई यथावत राख्दै म्यानचेस्टर सिटीका ग्याब्रियल जिसस र टोटेनहमका ह्यारी केनलाई अनुबन्ध गर्ने प्रयास समेत थालेको छ ।

प्रतिक्रिया दिनुहोस्