Logo

भ्यालेन्सियाका पाँच खेलाडी तथा पदाधिकारीलाई कोरोनाभाइरसको संक्रमण



Spread the love

एजेन्सी। स्पेनिस फुटबल क्लब भ्यालेन्सियाका पाँच जना खेलाडी तथा पदाधिकारीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ। क्लबका अनुसार अर्जेन्टाइन डिफेन्डर इजेक्वेइल ग्यारीसहित पाँच जना खेलाडी र स्टाफमा कोरोना देखिएको हाे।

पाँचैजनाको स्वास्थ्य अवस्था राम्रो रहेको र उनीहरुलाई ‘आइसोलेसन’ मा रोखेर उपचार गरिरहेको जनाइएको छ । भ्यालेन्सिया तथा अर्जेन्टिनाका डिफेन्डर एजेकिएल गाराइ कोरोना संक्रमण हुने ला लिगाका पहिलो खेलाडी हुन् ।

इटालीपछि स्पेनमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ। जसका कारण स्पेनले सोमबारदेखि पूरै राष्ट्र बन्द गर्ने तयारी गरेको छ। यसअघि ला लिगाका खेलहरु दुई साताका लागि स्थगित भएका थिए।

प्रतिक्रिया दिनुहोस्