Logo

अमेरिकाद्वारा डिभी तथा गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द



Spread the love

एजेन्सी। अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका अपोइन्टमेन्टहरू अनिश्चितकालका लागि रद्द गर्ने निर्णय लिएको छ। कोरोना संक्रमणले विश्वव्यापी रूप लिइरहेका बेला दूतावासले मंगलबारबाट लागू हुनेगरी भिसाबारे यस्तो निर्णय लिएको हो ।

अत्यन्त जरूरी कामका लागि वा तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्ट अनुरोध गर्न दूतावासले support-nepal@ustraveldocs।com मा सम्पर्क गर्न अनुरोध गरेको छ। दूतावासले स्थगन गरिएको भिसा सेवा छिटो सुरु गरिने जनाएको छ । यद्यपि, मितिबारे भने केही खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्