Logo

कसरी चिन्ने आफुलाई धोका दिने मान्छे !



Spread the love

माया र प्रेम पवित्र सम्बन्ध हो । सच्चा माया छ भने सम्बन्ध जहिले मजबुत रहन्छ । यदि छलकपट स्वार्थ लुकेको छ भने त्यो मायामा चाडै पहिरो जान्छ। अझ सामाजिक सञ्जालको प्रयोगले मायामा हुने उतारचडापलाई बढाईरहेको छ हिजो आज ।
तपाईँको प्रेमी या प्रेमिकाले यस्ता व्यवहार देखाए बुज्नुहोस उसले तपाईँलाई धोका दिदैछ: -यदि तपाईँको पार्टनर अफिस वा कलेजको साथीहरूसँग चिया गफका लागि भेटेको जस्ता सामान्य कुरा पनि लुकाउँछ भने बुझ्दा हुन्छ तपाईँमा धोका भइरहेको छ ।
-यदि तपाईँको प्रेमी वा प्रेमिकाले मोबाइल वा फेसबुकको पासपोड तपाइसँग लुकाउँछ भने सम्झनुहोस् त्यहाँ धोका हुदैछ ।
-पार्टनरले तपाइसँग सम्बन्धमा रहनु भन्दा अगाडी कसैसँग रिलेशनसिपमा भएको कुरा लुकाउँछ भने बुझ्नुहोस् त्यहाँ केही स्वार्थ लुकेको छ । -साथीसँग हिँड्दा तपाईँलाई उ तपाईँको प्रेमी वा प्रेमी हो भनी चिनाउन चाहँदैन भने सम्झनुहोस् त्यहाँ धोका हुदैछ ।
-यदि तपाई जब तपाईँको पार्टनरसँग प्रेममा पर्नु हुन्छ तब लक्ष्य, विचार र भाव मिलेन भने पनि बुझ्नुहोस् त्यहाँ धोका हुने वाला छ ।
-यदि तपाईँको प्रेमी वा प्रेमिकाले आफ्नो भन्दा तपाईँको मात्र बढी पैसा खर्च गराउँछ भने सम्झनुहोस् यहाँ तपाईँले चाडै धोका पाउँदै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्