Logo

कोरोना भाइरसले कसरी शरीर शिथिल पार्छ



Spread the love

एजेन्सी । गत साल डिसेम्बरमा सबैभन्दा पहिला चीनमा कोभिड–१९ अर्थात् कोरोना भाइरसबाट १९ जना संक्रमित भएका थिए । त्यसपछि भने कोरोना भाइरस तुफान गतिमा विश्वभर १४८ देशमा फैलियो अनि विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको रुपमा घोषणा गर्यो । विश्व स्वास्थ्य संगठनले नै कोरोना भाइरसलाई कोभिड–१९ भनी नामाकरण गरेको थियो । सुरुमा कोरोना भाइरसको लक्षण सामान्य भए पनि पछि ज्यान जान पनि सक्छ ।


सुरुवाती असर

कोरोना भाइरस शरीरको भित्र पुगेपछि सर्वप्रथम सास फेर्न गाह्रो हुन्छ । भाइरसले सर्वप्रथम घाँटीको आसपासको कोशमा हमला गर्दछ । त्यसपछि यसले श्वासनली र फोक्सोमा आक्रमण गर्दछ । श्वासनली र फोक्सोमा नै भाइरसले आफ्नो सङ्ख्या बढाउँछ । नयाँ बनेका भाइरस शरीरको बाँकी कोशमा आक्रमण गर्न सुरु गर्दछन् । सुरुमा कसैले पनि बिमार भएको अनुभव गदैन । तर कसै कसैमा भने संक्रमणको सुरुवातदेखि नै लक्षण देखिन सुरु गर्दछ ।

भाइरसको इन्कुवेसन पिरियड मानिस अनुसार फरक–फरक हुन सक्छ । औषतमा पाँच दिनको इन्कुवेसन पिरियड हुने बताइएको छ ।

धेरैजसो मानिसमा जुन लक्षण देखिएको छ त्यो सामान्य नै हुन्छ । भनिन्छ कि संक्रमित भएका दश जनामध्ये आठ जनामा निकै सामान्य लक्षण देखिन्छ अनि यो लक्षण खोकी र ज्वरोबाट देखिने गर्दछ । यसै गरी शरीर दुख्नु, घाँटी चिलाउनु अनि टाउको दुख्न पनि सक्छ ।

शरीरको प्रतिरक्षा प्रणालीले भाइरससँग लड्ने कोसिस भने गर्छ । शरीरमा भाइरस छिरेपछि शरीरले पुरै शरीरलाई संकेत दिने गर्दछ । त्यसपछि भाइरसलाई नष्ट गर्नको लागि साइटोकाइन नामक केमिकल निकाल्न थाल्दछ ।

रोग प्रतिरोधात्मक शक्तिले जब भाइरसलाई आक्रमण गर्न थाल्छ तब शरीर दुख्नुका साथै ज्वरो पनि आउने गर्दछ ।

कोरोना भाइरसको संक्रमण भएपछि सुख्खा खोकी लाग्ने गर्दछ । जसमा खकार आउँदैन । कुनै कुनै अवस्थामा भने खोकी नलागी घाँटी चिलाउने मात्र पनि हुने गर्दछ ।

रोग प्रतिरोधात्मक क्षमता

केही मानिसको खोकीमा खकार पनि आउन सक्छ । यस्तो अवस्थामा फोक्सोमा भएका मृत कोशहरु खकारमा मिसिएका हुन्छन् । यस लक्षणमा डाक्टरहरु तपाईंलाई आराम गर्न, धेरै पानी पिउन, अनि पारासिटामोल खानको लागि आग्रह गर्दछन् । यस्तो अवस्थामा अस्पतालमा भर्ना हुनको लागि जरुरी हुँदैन ।

यो स्थिति करिब एक सातासम्म रहने गर्दछ । जुन मानिसको रोग प्रतिरोधात्मक क्षमता भाइरससँग लड्न सक्छ त्यसको स्वास्थ्य एक सातामा सुध्रिने गर्दछ । तर कुनै अवस्थामा भने मानिसको स्वास्थ्य झन् बिग्रिने गर्दछ । त्यसपछि कोभिड–१९ को गम्भिर लक्षण देखा पर्न थाल्दछ ।

कोभिड–१९ को गम्भिर लक्षण

यदि बिमारीको सङ्ख्या बढे भने यसको अरु कारणहरु हुन्छन् । शरीरको प्रतिरोधात्मक क्षमता भाइरसलाई नष्ट गर्ने हेतुले आवश्यकभन्दा बढी काम गर्न थाल्दछ । भाइरसलाई नष्ट गर्ने निस्किएको साइटोकाइन रसायनले शरीर फुल्लिन थाल्दछ । कहिले काहीँ शरीरमा गम्भिर असर पनि पुर्याउँछ ।

फोक्सो सुन्निनुलाई निमोनिया भन्ने गरिन्छ । यो भाइरस मुख, श्वासनली हुँदै फोक्सोमा पुग्छ अनि फोक्सोलाई साना साना हावाका फोकाहरु बनाउन थाल्दछ । फोक्सोको काम शरीरमा भएको कार्बनडाइअक्साइड बाहिर निकाल्नु अनि अक्सिजन भित्र खिच्नु हो तर कोरोना भाइरसले बनाएको हावाका फोकाहरुमा पानी जम्मा हुन थाल्दछ । जसकारणले सास फेर्न गाह्रो हुन्छ अनि लामो सास फेर्न सकिंदैन । यस्तो अवस्थामा बिरामीलाई भेन्टिलेटरको जरुरत पर्दछ ।

चीनमा संक्रमण भएका ५६,००० मानिसलाई जम्मा गरी खोजिएको जानकारी अनुसार विश्व स्वास्थ्य संगठनको एउटा अध्ययनले १४ प्रतिशत मानिसमा यसरी संक्रमण हुने गम्भिर लक्षण देखिने बताएको थियो ।

गम्भिर अवस्था

यो पनि बताइएको छ कि ६ प्रतिशत मानिस कोरोना भाइरसको कारण गम्भिर रुपले बिमारी हुन सक्छन् । यस्तो अवस्थामा मानिसको शरीर भाइरससँग लड्न सक्दैन अनि गम्भिर रुपले बिरामी पर्दछ । यस अवस्थामा फोक्सो लगायतका अंगहरुले काम गर्न नसक्नु अनि मृत्युको जोखिम हुने सम्भावना प्रबल हुन सक्दछ । यस अवस्थामा रोग प्रतिरोधात्मक क्षमता क्षमताभन्दा बाहिर जान्छ अनि गम्भिर क्षती पुराउँछ । फोक्सो सुन्निएपछि शरीरलाई आवश्यक पर्ने अक्सिजन मिल्दैन । यसको असर सिधै मिग्रौलामा पनि देखिन सक्छ । मिर्गौलाको साथै शरीरका भित्री अंग पनि प्रभावित हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्