Logo

कोरोना भाइरसका कारण स्पेनिस प्रशिक्षकको मृत्यु



Spread the love

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट स्पेनमा फुटबल प्रशिक्षकको मृत्यु भएको छ । मालागास्थित एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमका २१ वर्षीय प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोनाको संक्रमणबाट मृत्य भएको सञ्चार माध्यमहरुले जनाएको छ ।

२१ वर्षीय गार्सियालाई कोरोनाको लक्षण देखिएपछि अस्पताल लगिएको थियो । उनलाई परीक्षण गर्दा ब्लड क्यान्सर समेत भएको पत्ता लागेको थियो ।

स्पेनले पछिल्लो हप्ता आपतकालिन अवस्थाको घोषणा गरेको थियो । युरोपेली देशमा स्पेन कोरोनाबाट प्रभावित दोस्रो राष्ट्र हो । स्पेनिस लिग कोरोना संक्रमणका कारण नै हाललाई स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्