Logo

पोर्चुगलमा कार्यरत एक नेपालीमा कोरोनाको संक्रमण



Spread the love

४ चैत, काठमाडौं । पोर्चुगलमा रहेका एक नेपालीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । पोर्चुगलमा कृषि क्षेत्रमा काम गर्ने नेपालीमा कोरोना संक्रमण भएको हो । पोर्चुगलका फारो नगरपालिकाका मेयर रोगेरियो बाकल्हउले सुरुमा नेपालीमा देखिएको संक्रमण त्यहाँका अन्य मानिसमा पनि फैलिएको जनाएका छन् ।

पोर्चुगल सरकारले कोरोना संक्रमित ती नेपालीको पहिचान भने गोप्य राखेको छ । त्यस्तै, बिरामीसँगको सम्पर्कमा पुगेका व्यक्तिबारे पनि केही जानकारी दिइएको छैन ।

अष्ट्रेलियामा पनि एक जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । एकभन्दा धेरै नेपालीमा कोरोना फैलिएको आशंका गरिए पनि अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले तास्मानिया राज्यमा एक जना नेपालीलाई मात्रै कोरोना देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्