Logo

सार्वजनिक सवारीमा दुर्व्यवहार गर्ने ५४० समातिए



Spread the love

४ चैत, काठमाडौं । उपत्यका भित्रका सार्वजनिक सवारीसाधानहरुमा हुने दुर्व्यवहारलाई मध्य नजर गर्दै प्रहरीले चलाएको अपरेशन सेफ्टी पिन अभियानको क्रममा ५ सय ४० जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार सार्वजनिक यातायातलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री बनाउने उद्देश्यले यो अभियान थालेको हो ।

महानगरीय प्रहरी कार्यालयको तथ्यांक अनुसार पुस महिनादेखि हालसम्म पक्राउ परेकामध्ये अश्लिल हर्कत गर्ने २७ जना, शारीरिक यौनजन्य दर्व्यवहार ६२ जना, अपशब्द, अश्लिल गाली गलौज १२ जना, पाकेटमारी ८९ जना, लागूऔषध लगायत अन्यमा ३५० जना छन् ।

प्रतिक्रिया दिनुहोस्